बुटवल- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जनता समाजवादी पार्टीका चार जना सांसदलाई मन्त्री बनाउँदै छन्। मन्त्री बन्ने मध्ये ३ जना आफू विरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेहरु हुन्।
नयाँ मन्त्री बन्नेमा जसपाका सांसद सन्तोष पाण्डे, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे रहेका छन्। कल्पना पाण्डे बाहेक बाँकी तीनै जनाले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन्।