दाङ-प्यूठानमा बुधबार भएको दुर्घटनामा परी ज्यान गुमाउनेकाे संख्या पाँच पुगेकाे छ । जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार नयाँ वर्षको दिन विदा पारेर स्वर्गद्धारी दर्शन गर्न अाएका जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी र तिनका परिवारका सदस्य सवार जिप दुर्घटना भएको हाे । लु १ ज १६५५ नम्बरको जिप स्वर्गद्वारी रुमालेका दुर्घटनामा परेकाे थियाे ।
जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत प्रशासकीय अधिकृत ३९ वर्षीय श्याम न्यौपाने, सवारी चालक २२ वर्षीय केशव कार्की, नायव सुब्बा ईश्वरी भण्डारी, खरिदार यमलाल पन्थी र सूर्य पन्थीकाे मृत्यु भएको प्रहरीले बताएको छ।
प्रशासकीय अधिकृत र सवारी चालकको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र भिंगृमा र अन्य तीन जनाको घटनास्थलमा मृत्यु भएकाे इलाका प्रहरी कार्यालय भिंगृका प्रहरी नायव निरीक्षक बुद्धिप्रसाद रानाले बताए।