काठमाडौँ – उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहे पनि काठमाडौँ उपत्यकासहितका क्षेत्रमा बिहान हुस्सु तथा कुहिरो लागेको छ ।
दिउँसो यी क्षेत्रमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
तराईका क्षेत्रमा पनि बिहानैदेखि बाक्लो हुस्सु–कुहिरो लागेको छ । दिउँसो पनि तराईका केही क्षेत्रमा कुहिरो कायम रहने मौसमविदले बताएका छन् ।
हाल देशको पश्चिम र पूर्वी पहाडी भूभागमा आशिंक बदली रहेको छ। सोमबार दिउँसो पूर्वी तथा मध्य नेपालका भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ।
राति भने देशभरको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।