दाङ-दाङमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्युभएको छ। घोराही उपमहानगरपालिका १७ कटुवाखोला नजिकै ट्रकले साईकल यात्रीलाई ठक्कर दिदा एक जनाको मृत्युभएको हो।
ना ५ ख २०६२ नम्बरको ट्रकले साईकल यात्रीलाई ठक्कर दिदा घोराही उपमहानगरपालिका ३ निबासी ४० बर्षिय बिष्णु चौधरीको घटना स्थलमै मृत्यु भएको हो। चालक राप्ती गाउँपालिका ६ का ५० बर्षिय प्रेम चौधरी र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यसैबिच घोराही उपमहानगरपालिका ७ जबरपुरमा रोकिएको ट्रकमा मोटरसाईकल ठोकिदा एक जनाको मृत्युभएको छ। ना ४६ ख ८७३७ नम्वरको ट्रकमा रा ४ प ४९१४ नम्वरको मोटरसाईकल ठोकिदा घोराही ५ का २१ बर्षिय रविन डाँगीको मृत्युभएको हो।
दुर्घटनामा परि गम्भिर घाईते भएका अर्का २२ बर्षिय सिरिन्ज भण्डारीको कोहलपुर मेडिकल कलेजमा उपचार भैरहेको छ। हिजो पनि दाङमा तीनवटा दुर्घटना हुदा एक जनाको मृत्युभएको थियो भने ४७ जना घाईते भएका थिए।
यसैविच चालु आर्थिक बर्षको ८ महिनामा सवारी दुर्घटनामा परि ६१ जनाको मृत्युभएको छ भने २ सय २ जना गम्भिर घाईते भएका छन्। चालु आर्थिक बर्षमा एक सय ६५ वटा सवारी साधन दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ।