दाङ- दाङमा स्कुल बस दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ। तुलसीपुरको सरैयाडाडाँको चोकमा मंगलबार विहान पब्लिक ज्ञान ज्योती माध्यमिक विद्यालयको बस दुर्घट्ना भएको हो। दुर्घटनामा परी २२ विद्यार्थी घाइते भएका छन् ।
दुर्घट्नामा परि विद्यालयकी छात्रा १८ बर्षिया सम्झना केसीको सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। कोठरीबाट रा १ क ४३३ नम्बरको बस विद्यार्थी ल्याएर तुलसीपुर आउदै थियो।
ब्रेक फेल भएर बस पल्टिएको हुन सक्ने प्रहरीले जनाएको छ ।