दाङ-दाङमा बस र माेटरसाइकल एक आपसमा ठाेक्किदा भएको दुर्घटनापरी माेटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। आइतवार राति करिब दश बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ४ ख ९०१६ नम्बरको बस र अनटेष्ट बुलेट मोटरसाईकल लमही नगरपालिका-८ उचानिम्बुकाे घुम्तीमा एक आपसमा ठोक्किएका थिए ।
मोटरसाईकलमा सवार लमही नगरपालिका वडा नम्बर ८ उचानिम्बु निवासी २३ वर्षिय प्रकाश थापा र साेही ठाउँ निवासी ३० बर्षिय तिलक थापाकाे मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ। प्रकाशकाे लमही अस्पतालमा र तिलककाे काेहलपुर मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियाे। वस र चालक प्रहरीकाे नियन्त्रणमा छन।