दाङ-जिल्ला प्रहरी कार्यालय दाङले प्रतिबन्धित बाघकाे छाला सहित २ जनालाई पक्राउ गरेकाे छ। बुधबार जिल्ला प्रहरी कार्यालय घाेराहीमा पत्रकार सम्मेलन गरेर अभियुक्त सार्वजनिक गरेकाे छ। पक्राउ परेकाहरु माथि प्रतिबन्धित बन्यजन्तु (बाघ)को छाला ओसारपसार तथा बिक्रीबितरणकाे मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको छ।
तुलसीपुर उप-महानगरपालिका वडा नं. ४ गोठी खोला स्थित रा.४ प.८८४७ नं.को मोटरसाईकलमा सवार सल्यान बागचौर नगरपालिका वडा नं. ९ बस्ने बर्ष २९ का सन्दिप डाँगी र शारदा नगरपालिका वडा नं. १५ बस्ने बर्ष ३७ को ईन्द्र वहादुर थापा बि.क.लाई बाघकाे छाला सहित पक्राउ गरिएको दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले जानकारी दिए।
बाघकाे पुच्छरको भागदेखी टाउको सम्मको छाला बरामद गरिएको र अनुसन्धानकाे लागि वन कार्यालयमा बुझाउने तयारी गरिएको छ।