भैरहवा- रुपन्देहीको भैरहवामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यू भएको छ । भिम अस्पतालमा उपचाररत सिद्धार्थनगर नगरपालिका ९ की ७४ वर्षिय महिलाको उपचारको क्रममा मृत्यु भएको हो । मंसिर १८ गते कोरोना संक्रमण पुष्टी भएर होम आइसोलेसनमा बसेकी ति महिला स्वास्थ्यमा समस्या भएपछि अस्पताल भर्ना भएकी थिइन्। आइसियुमा उपचाररत उनको आज विहान १० बजे मृत्यू भएको अस्पतालले जनाएको छ।