बुटवल-नागरिकहरुले अधिकारको प्रत्याभुती गर्न नपाएको मानवअधिकार कर्मी तथा सरोकारवालाहरुले बताएका छन्। ७२ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा राष्ट्रिय मानव अधिकार लुम्बिनी प्रदेश कार्यालयले बुटवलमा गरेको अन्तरकृया कार्यक्रममा उनीहरुले कोरोना महामारीको समयमा सरकार गम्भीर नभएको आरोप लगाए।
साथै घरेलु हिंसा लगायतका थुप्रै सामाजिक समस्या समाधानको लागि राज्यले भूमिका निर्वाह गर्न नसकेको बताएका छन। सरकारी पक्षले भने नागारिकका अपेक्षा धेरै भएकाले सोंचे अनुसार मानव अधिकारको सवालमा काम गर्न नसकेको स्वीकार गरेका छन्। कार्यक्रममा लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केशीले नयाँ राज्य व्यवस्थामा नागरिकका अपेक्षा धेरै हुने र पुराना संरचनामै काम गर्न परेकाले केही समस्याहरु रहेको बताए ।
अगामी दिनहरुमा नागरिकको सहकार्यमा प्रदेश सरकार कोभिडको व्यवस्थापन र अन्य समस्याहरु समाधान गर्न लागि पर्ने र यसमा सम्पूर्ण निकायहरुले प्रदेश सरकारलाई सुचना र विवरण दिई सहयोग गर्नु पर्ने बताए।
कार्यक्रममा लुम्बिनी प्रदेश आन्तरिक तथा कानून मन्त्रालयका उपसचिव केदार कोइराला र राष्ट्रिय मानव अधिकार प्रदेश कार्यालय बुटवलकी प्रमुख सम्झना शर्माले कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यपत्रमाथि सहभागीहरुले आ आफ्ना टिप्पणी गरेका थिए।
रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी गिरिराज पौडेल र रुपन्देहीका प्रहरी उपरिक्षक प्रविन पोखरेलले राज्य र गौर राज्य पक्षको समन्वय र सहकार्यमा अगाडि बढेर मानव अधिकारको संरक्षण गर्नुपर्ने उल्लेख गरे।
उच्च बारका बुटवल ईजालसका बुटवलका अध्यक्ष श्री जोग बहादुर खत्रीले महामारीको समयमा सरकारविहिनताको अवस्था रहेको र नागरिको स्वास्थ्यमा सरकारहरु गम्भिर नभएका बताए। अधिकार्मी ईन्दिरा आचार्यले घरेलु हिंसा सम्बन्धी ऐन प्रभावककारी नहुदा महिलाहरुले समस्या भोग्न परेको बताइन्।
कार्यक्रममा थर्ड एलाइन्सका जिल्ला संयोजक अग्नीशक्ती यादव, इन्सेक प्रतिनिधि रिमा विसी, जिल्ला बारका अध्यक्ष लोकनाथ पन्त, अपांग अधिकारकर्मी सावित्रा पन्तले आ–आफ्ना विचार राखेका थिए।