काठमाडौँ-विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर कायम भएको छ । आज आयोजित कार्यक्रममा नेपाल र चिनले एकै पटक सगरमाथाको उचाइ सार्वजनिक गरेका हुन्।
उचाइ मापन भने नेपाल र चिनले छुट्टा छुट्टै गरेका थिए।
नेपाल सरकारले पहिलोपटक आफ्नै प्राविधिक टोलीबाट सगरमाथाको उचाइ मापन गरेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभागले सगरमाथाको उचाइ मापन गरेको हो ।
यस अघि सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर थियो।पछिल्लो मापनमा सुन्य दसमलब ८६ मिटर बढेको हो।