चितवन-पृथ्वी राजमार्ग अन्तर्गत त्रिशुली नदिमा पिकअप भ्यान खस्दा २ जनाको मृत्यू भएको छ। एक जना अझै बेपत्ता छन्। प्युठानबाट विरामी बोकेर काठमाण्डौ जाँदै गरेको लु १ च ९७ ३१ नम्बरको भ्यान चितवनको इच्छा मनकामना गाउँपालिका ४ मा त्रिशुलीमा खसेको थियो।
दुर्घट्नामा परेका प्युठानको झिम्रुक गाउँपालिका १ का २३ वर्षिय सुर्य केशी र ३३ वर्षिय जमुना रोक्काको सव प्रहरीले निकालेको छ। बेपत्ता १५ वर्षिय जिनिसा रोक्काको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । दुर्घट्नामा घाइते भएका मुकुन्दबहादुर रोक्का पौडीएर बाहिर आएका थिए। मुकुन्द र जमुनाकी छोरी जिनिसाको उपचारको लागि काठमाण्डौ जाँदै गर्दा भ्यान दुर्घट्नामा परेको हो।