भैरहवा–रुपन्देहीमा आइतबार ९९ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा ९६ जना विभिन्न पालिकाका संक्रमित थपिएसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या १३५२ पुगेको छ ।
जोखिम कायम नै छ, समुदाय स्तरमा संक्रमण दैनिक रुपमा थपिए पनि एक सातादेखि सक्रिय संक्रमितहरुको संख्यामा वृद्धि भएको छैन।
संक्रमित र निको हुनेको संख्या सरदरमा बराबर रहेको छ। आइतबार साँझ ७ बजे सम्म रुपन्देहीमा थप ३८ महिला र ५८ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक तथा कोभिड फोकल पर्सन केदारनाथ शाहले लुम्बिनी टाइम्सलाई जानकारी दिए ।
शाहका अनुसार पछिल्लो २४ घण्टामा सबै भन्दा सिद्धार्थनगर नगरपालिकामा १४ महिला र १४ पुरुष गरी २७ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै बुटवलउपमाहानगरपालिकामा ११ महिला र १६ पुरुष गरी २७ जनामा र तिलोत्तमा नगरपालिकाका थप १० जनामा संक्रमण देखिएको छ ।
यस्तै देवदह नगरपालिकामा ९ सियारी र सैनामैनामा ७–७, रोहिणीमा ४, ओमसतियामा ३, लुम्बिनी सांस्कृतिक, शुद्धोधन, र कञ्चन गाँउपालिकामा १/१ जना थप संक्रमण पुष्टि भएको छ । आज थपिएका संक्रमितसँगै जिल्लामा कुल संक्रमितको संख्या ६ हजार ८ सय ५० पुगेको छ ।
कार्यालयका अनुसार हाल सम्म ७९ जनाको मृत्यु भएको छ। जिल्लाका विभिन्न क्षेत्रबाट ५५१५ जना निको भएर फर्किसकेका छन, १३५२ जना सक्रिय संक्रमित विभिन्न अस्पताल र होम आइशोलेशनमा उपचाररत छन्।