बुटवल–नवलपरासीका एक जना कोरोना संक्रमितको शुक्रबार बुटवलको कोरोना अस्पतालमा मृत्यु भएको छ ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका १ का ४७ बर्षे पुरुषको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
कात्तिक ११ गते कोरोना पुष्टि भएका उनलाइ स्वास्थ्य समस्या देखिएपछि १२ गते बुटवलको कोरोना अस्पताल ल्याइएको थियो ।
मृतकलाइ मधुमेह,उच्चरक्तचाप र पित्तथैली सम्बन्धि दिर्घरोग रहेको र उपचारकै क्रममा आज मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले बताए ।
नवलपरासीमा हाल सम्म कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ । लुम्बिनी प्रदेशमा हाल सम्म १ सय ९१ जना संक्रमितको मृत्यु भइसकेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।