सन् २०२२ का लागि डिभी लोटरी भर्ने अवधि सुरु भएको छ। नेपाली समय अनुसार बुधबार बेलुका ९: ४५ बजेदेखि डिभी भर्ने अवधि सुरु भएको हो । आउँदो कात्तिक २० गते राति पौने ११ बजेभित्र फाराम भर्न सकिने नेपालमा रहेको अमेरिकी दूताबासले जनाएको छ।
यस पटक डिभी भरेर छनौट हुनेहरुले सन् २०२२ मा अमेरिका जान पाउने छन्।
फाराम भर्नका लागि आधिकारीक वेबसाइट http://www.dvlottery.state.gov मा गएर निर्देशन अनुसार प्रक्रिया पूरा गर्नु पर्नेछ।
डीभी कार्यक्रममा सहभागी हुनका लागि कुनै शुल्क नलाग्ने दूतावासले जनाएको छ। दूतावासले डीभी आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन समेत भनेको छ।