मकवानपुर–खोला तर्ने क्रममा मकवानपुरगढीका श्रीमान् र श्रीमतीलाई खोलाले बगाएको छ। मकवानपुरगढीको सामरी खोलाले बगाएका दम्पती मृत अवस्थामा भेटिएका छन्।
मकवानपुरगढी गाउँपालिका ६ का ६५ वर्षीय का ज्ञानबहादुर परियार र उनकी श्रीमती की ६१ वर्षीय तुलसा परियारको सामरी खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए।
उनीहरुलाई खोलाले बगाएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।