बुटवल-रुपन्देहीमा एक महिलाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार देवदह १२ रोहिणी खोलाको बगरमा करीब ५५ वर्षकी महिलाको शव फेला परेको हो।
शव सडिसकेकोले पहिचान हुन नसकेको प्रहरीले जनाएको छ। शव पोष्टमार्टनका लागि भैरहवाको भीम अस्पतालमा लगिएको छ।