बुटवल-रुपन्देहीको तिलोत्तमा नगरपालिका २ का २९ वर्षिय राजेन्द्र पौडेल मृत फेला परेका छन् ।
असोज ७ गते राती १० बजे घरमा कसैलाई नसोधी मोटरसाइकिल लिएर हिडेका उनी शनिबार बिहान तपाह कुलोमा मृत फेला परेका हुन् ।
उनी चढेको लु ५५ प ३०२१ नम्बरको मोटरसाइकल १ किलोमिटर उत्तर तर्फ फेला परेको थियो । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।