बुटवल-पहिरोका कारण अवरुद्ध भएको सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडकखण्ड अझैपनि खुलेको छैन। प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार सडकमा खसेको ठूलो ढुंगाका कारण सडक खुला गर्न सकिएको छैन।
ढुंगा फोड्नका लागि गाडी गएको र ढुंगा फोड्न सकिएमा बेलुकादेखि एकतर्फी रुपमा सडक सुचारु हुने प्रहरीले जनाएको छ। सो सडकखण्डको करीब १ दर्जनभन्दा बढी स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको छ।
केही साना पहिरो हटाएपनि ठूलो ढुंगा हटाउन कठिनाइ भएका कारण सडकमा गाडी चल्न सकेका छैनन्।