दाङ- दाङमा करेन्ट लागेर तीन जना बालबालिकाको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका १० काे उत्तरअमराईमा पानी तान्न कुलोमा प्रयोग गरिएको मोटरबाट करेन्ट सर्दा तीन जना बालबालिकाको ज्यान गएको प्रहरीले जानकारी दिएको छ।
ज्यान जानेमा घोराही उपमहानगरपालिका १० उत्तरअम्राईका आठ वर्षीय प्रशान्त चौधरी, चार वर्षीया रेणुका चौधरी र तीन वर्षीय अमृत चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुमित खड्काले जानकारी दिए।
तीनै जना बालबालिकाको शव पोस्टमार्टमका लागि घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याएको प्रहरीले जानकारी दिएको छ।