नवलपरासी-नवलपरासीमा टिप्परको ठक्करबाट चालककी आमाको मृत्यु भएको छ। नवलपरासी पश्चिमको सुनवल नगरपालिका वडा नं. ४ बेलारीमा पार्किङ गरी राखेको टिपर निकाल्ने क्रममा सोही टिप्पर चालककी आमा खेमकुमारी थापाको मृत्यु भएको हो।
चालक २८ वर्षीय गोविन्द थापाले घरको कम्पाउण्डमा राखेको लु २ ख २२५९ नं. को टिप्पर निकाल्ने क्रममा आफ्नै आमा ६० वर्षीया खेम कुमारी थापा च्यापिएकी थिइन्।
प्रदेश ५ प्रहरी कार्यालयका अनुसार टिप्परले च्यापिएर गम्भीर घाइते थापाको शनिबार राति लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो।
आफैले चलाएको टिपरले आमालाई ठक्कर दिएपछि चालक गोविन्दले सोही टिपरमा राखी अस्पतालमा ल्याएका थिए। अहिले ईलाका प्रहरी कार्यालय सुनवल नवलपरासीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।
यसअघि शनिबार दिउँसो बुटवल धागो कारखाना नजिकै टिपरले स्कुटरलाई ठक्कर दिंदा एकजना प्रहरी जवानको मृत्यु भएको थियो।
लु २ ख ८९९ नं. को टिपरले ध १ प ९७९५ नं. को स्कुटरलाई दिउँसो साढे ३ बजे ठक्कर दिँदा कपिलवस्तु नगरपालिका वडा नं.४ तौलिहवा घर भई ईलाका प्रहरी कार्यालय बुर्तिवाङ बाग्लुङमा कार्यरत प्रहरी जवान ३३ वर्षीय अमित श्रेष्ठको मृत्यु भएको थियो।