रोल्पा-रोल्पाको लुङ्ग्री गाउँपालिका १ पाँङ ऐपेमा पहिरोले घर पुर्दा दुई बालकको ज्यान गएको छ।
घरमाथिबाट झरेको पहिरोले घर र गोठ पुरिँदा ज्ञानसिंह घर्तीमगरका ११ वर्षका छोरा युवराज घर्ती र ८ वर्षका छोरा अमर घर्तीको ज्यान गएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय सुलीचौरबाट प्रहरी निरीक्षक सहदेव डाँगीसहितको टोली घटनास्थलमा पुगेर उद्धारको काम गरिरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक शंकर खड्काले बताए।
हजुरबुवा, हजुरआमा र आमासहित पाँच जना सुतेकामध्ये ३ जनाको अवस्था सामान्य छ। मृतकका बुवा भने रोजगारीका लागि भारतमा रहेको लुङ्ग्री गाउँपालिका १ का वडाध्यक्ष मोती पुनले बताए।