बुटवल-कपिलवस्तुमा एकजना पत्रकारको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। कपिलवस्तुको तौलिहवामा रहेर पत्रकारिता गरिरहेका ६२ वर्षीय पुरुषको मृत्युको कारण कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालय कपिलवस्तुका श्रोतव्यक्ति कुमार थापाले जानकारी दिए।
उनका अनुसार मृत्यु भएका ती पत्रकारमा उच्च रक्तचाप, मधुमेह, मृगौलाको समस्या थिए।
उनका २ छोरालाई कोरोना संक्रमण पुष्टि भएर उनीहरु घरमै आइसोलेशनमा बसिरहेका थिए। कोरोना संक्रमणको आशंका लागेर परीक्षण गरिएकोमा उनको रिपोर्ट पोजेटिभ आएको हो।
मृत्युपश्चात स्वाब संकलन गरेर बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा परीक्षण गरिएकोमा उनको रिपोर्ट पोजेटिभ आएको हो। उनमा कसरी संक्रमण भयो भन्ने खुलेको छैन। उनका २ छोराले पीपीइ लगाएर उनको दाहसंस्कार गर्ने पारिवारिक श्रोतले जनाएको छ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने उनी पहिलो पत्रकार हुन्।