दाङ–दाङ लमही नगरपालिका वडा नं. ३ बनगाउँ स्थित स्वर्गद्वारी आश्रमको एउटा घरमा आगलागी हुदा करिब दश लाखको क्षती भएको छ । ग्यारेज घरको रुपमा प्रयोग हुदै आएको उक्त घरमा दिउँसो करिब ४ बजे आगलागी भएको थियो।
विद्युत सर्ट हुदा आगलागी भएको र करिब दश लाखको क्षति भएको अनुमान गरिएको आश्रमका प्रमुख प्रशासकीय अधिकृत हरि अधिकारीले जानकारी दिए।
'समयमै आगो निभाउन सकियो आगो अन्यत्र फैलन पाएन’अधिकारीले भने–‘ग्यारेज घरको रुपमा प्रयोग हुदै आएको थियो, काठै काठले बनेको घर भएकाले नोक्सानी धेरै भयो।’
लमही नगरपालिका र गढवा गाउँपालिकाको दुई ओटा दमकलले आगो निभाएका थिए। वडा प्रहरी कार्यालय लमहीबाट खटिएका प्रहरी जवानहरु आगो निभाउन सकृयताका साथ फिल्डमा खटिएको र थप जोखिम हुनबाट बचाएको प्रहरी नायव निरिक्षक पुरान मल्ले जानकारी दिए।