बुटवल-बुटवलको कोरोना विशेष अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेका दोस्रो संक्रमितको स्वास्थ्यमा सुधार आएको छ।
स्वास्थ्यमा केही सुधार आएपछि प्रहरी सेवामा कार्यरत ४५ वर्षिय संक्रमितलाई भेन्टिलेटरबाट बाहिर निकालिएको कोरोना अस्पतालका बरिष्ठ कन्सल्टेन्ट डा. सुदर्शन थापाले जानकारी दिए। भेन्टिलेटरबाट बाहिर निकालेर उनलाई अक्सिजन दिएर राखिएको छ।
यस अघि भेन्टिलेटरमा राखेर उपचार गरेका कपिलवस्तुका एक संक्रमित निको भएर डिस्चार्ज भएका थिए। चिकित्सकका अनुसार कोरोना भाइरस संक्रमण भएर भेन्टिलेटरमा पुगेकालाई बचाउन निकै कठिन हुने देखिएको छ।
कोरोना अस्पतालको भेन्टिलेटरमा उपचार भएकाको संख्या हालसम्म १३ रहेको छ। जसमध्ये एक जना निको भएर डिस्चार्ज भएका थिए। अरु एक जना अझै भेन्टिलेटरमा छन्। १० जनाको भेन्टिलेटरमा राखेर उपचारकै क्रममा मृत्यु भएको थियो।