बुटवल-बुटवलमा शुक्रबार ३२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। योसँगै बुटवलमा सक्रिय संक्रमितको संख्या २६४ पुगेको छ भने जम्मा संक्रमितको संख्या ३९४ पुगेको छ।
बुटवल उपमहानगरपालिकाको स्वास्थ्य शाखाका अनुसार शुक्रबार बुटवलका १, १४, १५, १६, १७, १८ र १९ वडामा संक्रमित थपिएका छैनन्। तीमध्ये वडा नं १८ मा अहिलेसम्म संक्रमण देखिएको छैन। सबैभन्दा धेरै संक्रमित वडा नं ११ मा १०२ जना छन्। जसमध्ये ५२ जना सक्रिय संक्रमित हुन्। अरु संक्रमणमुक्त भएका छन्।
शु्क्रबार वडा नं २, ३, ४, ५, १२ मा २-२ जना संक्रमित थपिएका छन्। यस्तै वडा नं ६, ७ र ८ मा ३-३ जना संक्रमित थपिएका छन्। ९ मा १, १० मा ४, ११ मा ५, १३ मा १ जना र अन्य २ गरी ३२ संक्रमित थपिएका छन्।
शुक्रबारसम्म बुटवलका वडा नं १ मा १२, २ मा ५, ३ मा ३७, ४ मा ११, ५ मा ४, ६ मा २०, ७ मा ४, ८ मा २९, ९ मा १५, १० मा ५, ११ मा ५२, १२ मा १८, १३ मा १४, १४ मा १, १५ मा ७, १६ मा २, १७ मा २, १९ मा २ र अन्य २४ गरी २६४ जना सक्रिय संक्रमित रहेको बुटवल उपमहानगरपालिकाले जनाएको छ।