बुटवल-बुटवल उपमहानगरपालिकाले मृगौलाको डायालिसिस् गराइरहेका व्यक्तिहरुको निशुल्क पीसीआर परीक्षण गर्ने भएको छ।
बुटवल उपमहानगरपालिकाले सूचना निकालेर बुटवलका २ स्थानमा मृगौलाको डायालिसिस् गराइरहेको प्रमाण लिएर पीसीआर परीक्षणका लागि स्वाब दिन आउन अनुरोध गरेको छ।
बुटवलमा समुदायमा संक्रमण बढ्दै गएको र दीर्घरोगीहरुलाई बढी असर गरेकोले डायालिसिस् गराइरहेकाहरुको निशुल्क पीसीआर परीक्षण गरिने उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले जानकारी दिए।
उनका अनुसार बुटवल ११ बुद्धनगरमा रहेको शहरी स्वास्थ्य केन्द्र र बुटवल १५ मा रहेको सेमलार स्वास्थ्य चौकीमा पीसीआर जाँचका लागि स्वाब संकलन गरिनेछ।
यसबारे विस्तृत विवरण बुझ्नका लागि उपमहानगरपालिकाले जनस्वास्थ्य महाशाखाका कर्मचारीलाई सम्पर्क गर्न भनेको छ।