बुटवल-लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा एकजना कोरोना भाइरस संक्रमित गर्भवतीको शल्यक्रिया गरिने भएको छ। अर्घाखाँची मालारानी गाउँपालिकाकी २२ वर्षीया महिलाको शल्यक्रिया गर्ने तयारी भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए।
लुम्बिनी प्रादेशिक अस्पतालका सर्जन डा विष्णु गौतमको नेतृत्वमा शल्यक्रियाको तयारी भएको हो।
यसअघि पनि रुपन्देही सिद्धार्थनगरकी २२ वर्षीया महिलाको शल्यक्रिया गरी बच्चा जन्माइएको थियो। उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ।