वाग्लुङ-वाग्लुङमा बाढीले घरहरू बगाउदा ३० जना भन्दा बढी बेपत्ता भएका छन्। बेपत्तामध्ये २ जनाको शव फेला परेको छ। बाढीले बस्ती नै बगाएको ढोरपाटन नगरपालिकाको वडा नम्बर ७ का वडाध्यक्ष दिपक थापाले जानकारी दिए। उनका अनुसार ३० जना भन्दा बढी सम्पर्कविहीन भएका छन्।
बाढीले कति घर बगाएको भन्ने यकिन नभएको उनले बताए। उनका अनुसार बुधबार राति करिब १०-११ बजे भारी वर्षाका कारण ढोरपाटन नगरपालिका वडा नम्बर ७, ८ र ९ हुदैँ बग्ने भुजि खोलाले घरहरू बगाएको हो।
प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानले राति नै उद्दार तथा बेपत्ताको खोजीको लागि नेपाली सेना तथा नेपाल प्रहरीको टोलीले बेपत्ताहरुको खोजी जारी राखेको बताए। घटनास्थल वाग्लुङ सदरमुकामबाट ६-७ घण्टाको दुरीमा पर्छ।