दाङ–दाङको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा कार्यरत थप स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालका २ जना स्वास्थ्यकर्मी सहित ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पीसीआर परीक्षणमा एक जना स्टाफ नर्स र एक जना कार्यालय सहयोगीमा कोरोना संक्रमण देखिएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका सूचना अधिकारी डिल्ली केसीले जानकारी दिए।
त्यसैगरी कन्ट्याक ट्रेसिङका आधारमा गरिएको परीक्षणमा घोराहीका ४२ बर्षका पुरुष र तुलसीपुर–५ का २ जना महिलामा पनि कोरोना पोजेटिभ देखिएको छ।
भदौ १३ गते २ जना डाक्टर सहित ९ जनामा कोरोना देखिएपछि १४ गते २ सय ५० जनाको स्वाब संकलन गरिएको थियो।