कपिलवस्तु–कपिलवस्तुमा निषेधाज्ञा एक हप्ता थप गरिएको छ। दैनिक कोरोना सङ्क्रमितहरुको संख्या बढीरहेका कारण निषेधाज्ञालाई निरन्तरता दिनुपरको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
बैंक तथा वित्तिय संस्थालाई भने कोरोना सङ्क्रमण नियन्त्रणका उपायहरु अपनाएर दैनिक १० बजे देखि १ बजेसम्म सञ्चालन गर्न अनुमति दिइएको छ। निषेधाज्ञा अवधिभर अति आवश्यक सेवाका पसल तथा सवारी साधन बाहेक सबै बन्द हुनेछन्। तरकारी र खाद्यान्न खरिदका लागि बिहान ८ बजे देखि १० बजेसम्मको समय तोकिएको छ।
मेडिकल, पानी, दुध जस्ता वस्तुहरु बाहेक सबै पसल व्यवसाय बन्द गर्ने निर्णय गरिएको छ। दमकल, एम्बुलेन्स, शव बाहन, दुध, खानेपानीका गाडीहरु बाहेक अन्य सवै निजी तथा भाडाका सवारी साधानहरु सञ्चालनमा पूर्ण रोक लगाइएको छ।
राजमार्ग भएर गुड्ने गाडीहरु जिल्लामा नरोकिने गरी भने चल्न पाउने छन्।
कपिलवस्तुमा सोमबारसम्म एक हजार एक सय २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ। जसमध्ये नाै सय ४१ जना निको भइसकेका छन् भने तीन जनाले ज्यान गुमाएका छन्।