बुटवल-बुटवलमा सोमबार १७ जना संक्रमित थपिएका छन्।
बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कुन्दन कुमार सिंहका अनुसार सोमबार वडा नं. ४ मा २ जना, वडा नं ५, ६, १३ र १९ मा १-१ जना, वडा नं. ८ मा ८ जना, वडा नं. ११ मा ३ जना संक्रमित थपिएका हुन्।
यो सँगै बुटवलमा कोरोना संक्रमितको संख्या ३०२ पुगेको छ। बुटवलमा ८१ जना संक्रमणमुक्त भएर घर फर्किए भने २२१ जना सक्रिय संक्रमित छन्।