भैरहवा–रुपन्देहीको सिद्धार्थनगरमा कोरोना भाइरस कोभिड–१९ संक्रमितहरुको संख्या एक सय ४० पुगेको छ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तुलसीराम मरासिनीका अनुसार नगरपालिका क्षेत्र भित्र हाल सम्म १४० जनमा संक्रमण देखिएपनि ४० महिला र ४४ पुरुष गरी ८४ जना सक्रिय संक्रमित रहेको छ।
४ जना सिद्धार्थनगरका भएपनि कुन वडाका हुन् भन्ने पुष्टि नभएपनि अन्य सक्रिय संक्रमित सिद्धार्थनगरका विभिन्न ८ वटा वडाका नागरिक हुन्।
‘वडा नम्बर ४, ५, १० र ११ मा अहिले सक्रिय संक्रमित छैनन्’–प्रमुख प्रशासकिय अधिकृत मरासिनीले लुम्बिनी टाइम्ससँग भने।
भदौ १ गते ६२ जना संक्रमित रहेको सिद्धार्थनगरमा अहिले सो संख्या बढेर १४० पुगेको छ। आज सिद्धार्थनगरमा २ जनामा संक्रमण देखिएको छ।
वडा नम्बर ६ का समुदाय स्तरकै एक महिला र एक पुरुषमा संक्रमण पुष्टि भएको छ उनीहरुको अवस्था सामान्य छ।
सिद्धार्थनगरका संक्रमित मध्ये हाल सम्म ५६ जना डिस्चार्ज भएका छन्। ५८ जना होम आइशोलेशन, ४ जना होटल आइशोलेशनमा, २ जना नगरपालिकाको आइशोलेशनमा र २० जना अस्पतालका आइशोलेशनमा उपचाररत छन्।
अहिले सक्रिय संक्रमित ८४ जना भए पनि अस्पतालमा उपचाररत वडा नम्बर १ का ६ जना, वडा नम्बर ३ का २ जना, वडा नम्बर ६ को ३ जना, वडा नम्बर ८ को १ जना, वडा नम्बर ९को ३ जना, वडा नम्बर १२ को ४ जना र वडा नम्बर १३ को १ जना रहेको सिद्धार्थनगर नगरपालिका स्वास्थ्य शाखा प्रमुख उमा थापाले जानकारी दिइन्।
२ जना बुटवल स्थित कोरोना विशेष अस्पताल धागो कारखाना, ३ जना भिम अस्पताल र १५ जना युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचाररत छन्।
‘२ जनाको स्वास्प्रश्वासमा समस्या देखिएर अक्सिजन दिइराखेको छ भने अन्य सबैको स्वास्थ्य अवस्था सामान्य नै छ, सबै संक्रमितहरु स्वास्थ्यकर्मीको सम्पर्कमा छन’–स्वास्थ्य शाखा प्रमुख थापाले भनिन्–हामीले स्वास्थ्यमा समस्या आएका संक्रमितसँग विशेषज्ञ डाक्टरहरुसँग परामर्श गर्ने, होम आइशोलेशनमा रहेका संक्रमितहरुलाई चिकित्सकहरुसँगको सम्पर्कमा राख्ने, औषधी पु¥याउने काम गरिरहेको छौ।’
समुदाय स्तरमा संक्रमण फैलिएकाले ट्रेसिङ्ग गरी सम्पर्क व्यक्तिहरुलाई परिक्षणको दायरामा ल्याउने काम निरन्तर गरिरहेको थापाले बताइन्।