बुटवल-रुपन्देहीमा एकजना किशोरको पोखरीमा डुबेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार लुम्बिनी सांस्कृतिक नगरपापलिका ५ का अनिद अहमदका १७ वर्षका छोरा सदाव आलमको घरनजिकैको पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो।
पोखरीमा डुबेका उनको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको रुपन्देही प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीले जानकारी दिए।