बुटवल-रुपन्देहीमा भदौ २० गतेसम्म निषेधाज्ञा जारी भएपछि बुटवल उपमहानगरपालिकाले आफ्नै मापदण्ड बनाएको छ। उपमहानगरले एक सूचना जारी गर्दै त्यसको पालना गर्न आह्वान गरेको छ।
सूचनाअनुसार खाद्य, किराना, डिर्पाटमेण्ट स्टोर, तरकारी, फलफूल, दुध र दाना व्यवसायका पसलहरुले बिक्री वितरण आवश्यक दुरी कायम गरी बिहान ६ बजेदेखि ९ बजेसम्म र साँझ ४:३० देखि ६:३० बजेसम्म मात्रै सञ्चालन गर्न पाउनेछन्। अरु क्षेत्र भने बन्द रहनेछन्।