बुटवल-रुपन्देहीको सैनामैनामा ट्रकको ठक्करबाट एक युवाको मृत्यु भएको छ। सैनामैना नगरपालिका ५ बुद्धनगरमा ना ६ ख ५७०२ ट्रकले ठक्कर दिँदा सैनामैना ६ कलौनी निवासी १८ वर्षीय विनोद बिकको मृत्यु भएको हो।
सो १२ चक्के गाडीले ठक्कर दिँदा गम्भिर घाइते भएका बिककाे उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएकाे इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरिक्षक इन्चार्ज कमल परियारले जानकारी दिए।