बुटवल-रुपन्देहीको तिलोत्तमा नगरपालिका २ जानकीनगरको भेटेनरी टोल सिल गरिएको छ। २ दिनमा ५ घरका ८ जनामा कोरोना संक्रमण पुष्टि भएपछि टोल नै सिल गरिएको तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए।
टोलमा लगातार संक्रमण बढेपछि टोललाई नै सिल गरेर कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको उनले बताए। बिहीबारसम्म सो क्षेत्रका १२ जनामा संक्रमण पुष्टि भइसकेको छ। बिहीबार बुटवलको कोरोना अस्पतालमा उपचारका क्रममा मृत्यु हुने ७० बर्षिया महिला पनि सोही क्षेत्रकी हुन्।
टोलमा संक्रमितको सम्पर्कमा आएकाहरुको पूर्ण विवरण नआउँदासम्म टोललाई सिल गरिएको उनले बताए। 'त्यो क्षेत्रमा कन्ट्याक्ट ट्रेसिङ गरेर सबैको रिपोर्ट नेगेटिभ नआएसम्मका लागि सिल नै रहन्छ'-उनले भने।