बुटवल-बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका ३ जना चिकित्सकलाई कोरोना भाइरसको संक्रमण देखिएपछि अस्पतालको सेवा २४ घण्टाका लागि बन्द भएको छ।
अस्पतालका अध्यक्ष एजाज आलमले अस्पतालमा कार्यरत ३ जना चिकित्सकलाई संक्रमण पुष्टि भएपछि भर्ना भएका बिरामीको उपचारबाहेकका सबै सेवा २४ घण्टाका लागि बन्द गरिएको जानकारी दिए।
अस्पतालको क्याथल्याब, सिटिस्क्यान, मिर्गौलाको डायलासिस, आकस्मिक कक्ष, ओपिडी र बिरामीहरूको भर्ना लगायतका सबै सेवाहरू २४ घण्टाको लागि बन्द रहनेछन्। अस्पताललाई दैनिक सेनेटाइज गर्ने गरिएको भएपनि यसपटक सेवा बन्द गरेर सेनेटाइज गरिने उनले बताए।
अस्पतालका २ जनालाई बिहीबार र १ जनालाई बुधबार संक्रमण पुष्टि भएको थियो।