बुटवल-रुपन्देहीको तिलोत्तमा नगरपालिकामा बुधबार १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीका अनुसार तिलोत्तमा नगरपालिकामा कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब संकलन गरिएकोमा १४ जनाको रिपोर्ट पोजेटिभ आएको हो।
उनले दिएको जानकारी अनुसार तिलोत्तमा ३ का ७ जना, २ का ६ जना, १५ का १ जनामा संक्रमण पुष्टि भएको हो।