बुटवल-बुधबार बुटवलका ४ जना स्वास्थ्यकर्मी तथा अस्पतालका कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ।
बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कुन्दन कुमार सिंहका अनुसार बुटवलका एकजना चिकित्सकमा संक्रमण देखिएपनि उनी कार्यरत संस्थाको विवरण खुलेको छैन।
यस्तै बुधबार नै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका ३ जना कर्मचारीमा संक्रमण पुष्टि भएको छ। अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमका अनुसार २ जना पुरुष र १ जना महिलामा संक्रमण पुष्टि भएको हो।
उनीहरुमा कोरोना भाइरसका कारण देखिने लक्षण देखिएका छन्। योसँगै लुम्बिनी प्रादेशिक अस्पतालका संक्रमण पुष्टि हुने स्वास्थ्यकर्मी र कर्मचारी गरी १४ जना पुगेका छन्। जसमध्ये ११ जना स्वास्थ्यकर्मी हुन्।