बुटवल-लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका पूर्व मेडिकल सुपरिटेन्डेन्ट डा कृष्ण खनाल कोरोना भाइरसको संक्रमणमुक्त भएका छन्।
शल्य चिकित्सक कृष्ण खनालले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफू कोरोना संक्रमणमुक्त भएको जनाएका हुन्। उनले भदौ १ मा आफुलाई संक्रमण भएको बताएका थिए।
संक्रमणमुक्त भएपछि उनले फेसबुकमा लेखेका छन्-'आज भाद्र १० गतेको पीसीआर रिपोर्ट नेगेटिभ,उपचारमा संलग्न चिकित्सक,स्वास्थ्यकर्मी, स्वास्थ्यलाभको कामना गर्नुहुने, ब्यबस्थापनमा खटनुहुने सबैलाई हार्दिक धन्यवाद।'