दाङ-दाङमा १८ र ३३ महिने बालिकासहित १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको १ सय २६ नमूना परीक्षणमा घोराहीका ९ र तुलसीपुरका ७ गरी १६ जनामा कोरोना पुष्टि भएको हो ।
घोराहीका ९ जनामध्ये ४ जना बैंकका कर्मचारी रहेको घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले जानकारी दिए ।
कोरोना संक्रमण हुनेहरुमा घोराही उपमहानगरपालिका–१४ का ३३ महिने वालिका, २५ र २५, ५० वर्षीया महिला, यसैगरी घोराही –१५ का १८ महिने वालिका र २३ र ३८ वर्षीय पुरुष, घोराही–३ का ४१ वर्षीय पुरुष, घोराही–११ का ३३ वर्षीय पुरुष, घोराही–२७ वर्षीय पुरुष रहेको प्रतिष्ठानले जनाएको छ ।
यसैगरी तुलसीपुर उपमहानगरपालिका–३ का ४१ वर्षीय पुरुष, तुलसीपुर –५ का ६२ वर्षीया महिला, तुलसीपुर–६ का २५ र ४१ वर्षीय पुरुष, तुलसीपुर–१० का ५७ वर्षीय पुरुष, तुलसीपुर–११ का ३६ वर्षीय पुरुष र तुलसीपुर–१७ का १७ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।