दाङ-जबरजस्ती करणी मुद्दामा १० बर्ष ३ महिना १९ दिन कैद ताेकिएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेकाे छ।
राप्ती गाउँपालिका वडा नं. ३ निवासी २६ बर्षिय सन्दिप चौधरीलाई सर्वोच्च अदालतले ०७३ भदौ २७ गते सामुहिक जबरजस्ति करणी मुद्दाकाे फैसला गर्दै १० बर्ष ३ महिना १९ दिन कैद सजाय तोकेकाे थियाे।
फरार सुचिमा रहेका चाैधरीले मंगलबार मसुरियामा लुकिछिपी हिडिरहेकाे अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रतिवादीलाई बुधबार दाङ देउखुरी जिल्ला अदालतमा बुझाईएको छ ।