कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासामा बस दुर्घटना भएको छ । सुर्खेतदेखि बुटवलतर्फ आउँदै गरेको लु २ ख १५९८ नम्बरको बस सोमबार दिउँसो दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक अनीश भण्डारीले जानकारी दिनुभयो । बसमा चालकसहित २४ जना रहेका थिए ।
बस दुर्घटनाका गम्भीर घाइते भएका सात जनालाई थप उपचारका लागि भैरहवा पठाइएको छ । दुर्घटनामापरी गम्भीर घाइते भएका उनीहरूलाई थप उपचारका लागि भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा लगिएको छ । घाइतेमध्ये २ जनाको चन्द्रौटास्थित आधारभूत अस्पताल र १५ जनाको चन्द्रौटास्थित सञ्जीवनी अस्पतालमा उपचार भइरहेको छ । बसचालकलाई प्रहरीको नियन्त्रणमा लिएर थप अनुसन्धान गरीरहेको जनाएको छ ।
घाइते हुनेमा कपिलवस्तुको बुद्धभूमि नगरपालिका पत्थरकोट बस्ने ३६ वर्षीय मुम्ताज रंगरेज, दाङको लमही नगरपालिका–५ बस्ने ३९ वर्षीय शिवा चौधरी, सोही स्थानका ३२ वर्षीय बिनोद योगी र सुर्खेतको विरेन्द्रनगर नगरपालिका–११ का ३३ वर्षीया माया काफ्ले रहेका छन् । त्यस्तै, दाङको घोरही उपमहानगरपालिका–१५ की ६६ वर्षीया लक्ष्मीदेबी अधिकारी, घोराही उपमहानगरपालिका–१४ की १९ वर्षीया भिमा चलाउनेको भैरहवास्थित युनिभर्सल मेडिकल कजेलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै सुर्खेतको विरेन्द्रनगर नगरपालिका १३ बस्ने ३७ वर्षीय कलबहादुर रोकाय, धादिङ धुनीबेशी नगरपालिका–२ का ३० वर्षीय सुदिप सकुराल, विरेन्द्रनगर नगरपालिकाका २६ वर्षीय मनोज कडेल, दैलेखको दुल्लु नगरपालिकाका २४ वर्षीय भिमप्रसाद न्यौपाने रहेका छन् ।
त्यस्तै, जुम्लाको तिला गाउँपालिका–३ का २६ वर्षीय हर्ष नेपाली, तिला गाउँपालिका–२ का ४३ वर्षीय नन्दलाल बोहोरा र दैलेख चामुन्डा बिन्द्रासैनी–५ का २३ वर्षीय चन्द्रप्रसाद रिजालको थप उपचारका लागि भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी निरीक्षक भण्डारीले बताउनुभयो ।