बुटवल-बुटवल उपमहानगरपालिकामा २५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। थप भएकामध्ये १५ जना पुरुष र १० जना महिला हुन्।
उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कुन्दन कुमार सिंहका अनुसार मंगलबारको तथ्यांकअनुसार वडा नं २ मा १ जना, ४ मा ४ जना, ६ मा ५ जना, ८ मा ३ जना, ११ मा ५ जना, १२ मा २ जना, १३ मा २ जना, १५ मा १ जना र वडा नखुलेका २ जना गरी जम्मा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
मंगलबार थपिएका २५ जना संक्रमित मध्ये ३ जनाको अवस्था गम्भीर छ। उनीहरुको बुटवलको धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा उपचार भैरहेको छ। ३ जना देवीनगरस्थित एन्फा एकेडेमी छन् भने बाँकी १९ जना होम आइसोलेसनमा बसेको उनले जानकारी दिए।