बुटवल-गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका कार्यालय सहयोगी विश्वनाथप्रसाद लोध र महेन्द्रप्रसाद यादवविरूद्ध चार लाख बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार यी दुवैजना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। जग्गाको मुआब्जा दिलाउन सहजीकरण गर्ने प्रयोजनमा घुस लेनदेन भएको सप्रमाणसहित अख्तियारले उनीहरूलाई पक्राउ गरेको थियो।
यादवलाई घुस दिने मतियार भएको आरोपमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। पक्राउ परेका दुवैमाथि अनुसन्धान हुँदा घुस लिएको कसुर स्थापित भएको अख्तियारले जनाएको छ।