दाङ । दाङमा लगातारको वर्षापछि राप्ती नदीमा आएको बाढीमा फसेकामध्ये दुईजनाको उद्धार गरिएको छ। एकजना बेपत्ता छन्।
दाङको लमही नगरपालिका ७ हस्नापुरस्थित राप्ती नदीको बाढीमा फसेकामध्ये दुई जनाको सकुशल उद्धार गरिएको दाङ प्रहरीले जनाएको छ ।
राजपुर गाउँपालिका २ का किसान लमहीबाट फर्किने क्रममा राप्ती नदीको बाढीमा फसेका थिए। सँगै रहेका तीनजनामध्ये दुई जना सिमलको रुखमा चढेका थिए।
सशस्त्र प्रहरी बल ४१ नम्बर रिजर्भ गण अर्जुनखोलाबाट खटिएका सुरक्षाकर्मीले राजपुर गाउँपालिका २ निवासी ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवको उद्धार गरेको हो। उनीहरूसँगै रहेका १८ वर्षीय राजकुमार यादव बाढीमा बगेर बेपत्ता भएको प्रहरीको भनाई छ ।