गुल्मी । गुल्मीमा घर लिप्ने माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ।
जिल्लाको रेसुंगा नरपालिका वडा १४ पराल्मीकी ५५ वर्षीया विष्णु रानाको घर लिप्ने माटो खन्ने क्रममा अचानक माथिबाट माटोको ढिस्कोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नावय उपरीक्षक शंकर पोखरेलले जानकारी दिनुभयो।
सोही घटनामा ५४ वर्षीया हुमकला राना घाइते भएको र उनको गुल्मी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।