बुटवल । दाङबाट रुकुम जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन्।
बुधबार बिहान ११ बजेतिर सल्यानको बागचौर नगरपालिका– २ थारमारे ठिनवाङस्थित पुलबाट बस खस्दा १४ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख नवीन कार्कीले बताउनुभयो।
उहाँका अनुसार घाइतेहरूमध्ये चारजनाको अवस्था गम्भीर छ भने १० जनाको अवस्था सामान्य छ। घोराहीबाट रुकुम जाँदै गरेको रा १ ख २०८५ नम्बरको बस अनियन्त्रित भएर पुलबाट खसेको प्रहरीले बताएको छ। घाइतेहरूको विवरण आउन बाँकी छ।