बुटवल । इस्लाम धर्मावलम्बीहरूको पर्व ईद–उल फित्र (ईद) को अवसरमा सरकारले बिहीवार सार्वजनिक बिदा दिएको छ ।
२०७९ सालको चैत २ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरीएको गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितले जारी गरेको सूचनामा भनिएको छ । ईदको बिदा राजपत्रमै प्रकाशित भए पनि मिति भने हरेक वर्ष इस्लाम धर्मगुरुहरूले ईद मनाउने मिति तय गरेपछि मात्रै यकिन हुन्छ ।
इस्लाम धर्मावलम्वीहरुले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत बुधबार पूरा गरी बिहीबार ‘इदउत्रफित्र’ मनाउँदैछन् । केही मुस्लिमले ‘इदउलफित्र’को नमाज मस्जिदमा त केहीले ‘इदगाह’मा सामूहिक भेला भइ दुई रिकात नमाज पढेर सम्पत्र गर्छन । नमाज पूरा गरेपछि एकअर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन भने घरमा विभित्र परिकार पकाएर खाने गर्दछन् ।
रमजान महिना उर्दू पात्रोको अनुसार नवौँ महिना हो । यो पर्वको ७०औँ दिनमा बकरिद अर्थात ‘इदउलअजहा’ पर्व मनाउने गर्दछन् । यस अवसरमा मुस्लिमहरु ‘हज’ का लागि साउदी अरबको मक्का मदिना जाने पनि गर्दछन् ।