बुटवल । अर्घाखाँचीमा कार दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। सुपा देउराली दर्शन गरी पोखरानर्फ जाँदै गरेको ग ३ च ४५७४ नम्बरको कार दुर्घटना भएको हो।
घुम्ती–दुर्गाफाट सडक खण्डको पाणिनी गाउँपालिका–८ कोलडाँडाको ओरालोमा दुर्घटना भएको पाणिनी गाउँपालिका–८ का अध्यक्ष रोमनाथ पाण्डेले बताउनुभयो । दुर्घटनामा परि २ जना बच्चा सहित ६ जना घाइते भएका छन् ।
गाडी सडकबाट अन्दाजी २ सय मोटर तल खसेको छ। घाइतेको उपचारका लागि जिल्ला अस्पताल अर्घाखाँची पठाइएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ ।